काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन १३ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म सो परिमाणमा ट्रेजरी जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
जारी गरिने ट्रेजरी मध्येमा ९१ दिने अवधिको दुुई अर्ब, एक सय ८२ दिने अवधिको नौ अर्ब ८५ करोड ५० लाख र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड रुपैयाँ रहेको छ । जसमध्ये ९१ दिने ट्रेजरीकोे परिपक्व हुुने अवधि २०७८ भदौ एक गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ कात्र्तिक ३० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ साल जेठ तीन गते तोकिएको छ । यसअघि यही बैशाख २७ गते पनि आठ अर्ब १८ करोड रुपैयाँको ट्रेजरी जारी गरिएको राष्ट्र बैंकको भनाई छ ।