आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तीन दलको मूर्खतामाथि ओलीको दिग्विजय

आइतबार, जेष्ठ २ २०७८

काठमाडौं । तीन दलको मूर्खतापूर्ण माग र निर्णयमाथि प्रधानमन्त्री पदका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले दिग्विजय हासिल गरेको बताइएको छ । 
नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र यादवको मूर्खतापूर्ण मागका कारण ओली प्रधानमन्त्रीमा नियुक्त भएर शपथ समेत लिइसकेका छन् । उनले साविकका नेतालाई सोही मन्त्री पदमा शुक्रबार शपथ समेत गराइसकेका छन् ।
अब सरकार संविधानको धारा ७६(३)को कायम भएको छ । 
ओलीले विश्वासको मत नपाउनासाथ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष यादवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनको अपिल गरेका थिए। ओलीले विश्वासको मत नपाएपछि ७६(३)को प्रधानमन्त्री बनिसकेका कारण उनीहरुले ७६ (५) को प्रधानमन्त्रीमा दाबी गर्नुपर्ने भए पनि सो मूर्खता गर्दा बहुमत प्रतिनिधि सभा सदस्यको सहमति पाउन सकेनन् ।

विपक्षी गठबन्धनले आफ्नो पक्षमा बहुमत पुग्ने अवस्थामा शंका रहँदा र ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नै चाहेको भए संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि माग गर्नुपर्ने थियो। तर त्यसो नगर्नु नै ओलीको बिजयको बाटो खुल्नु रहेको बताइएको छ ।
अब ओलीले नै प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव गराउने ति संविधानविदले अनुमान गरेका छन् । 

माधव नेपाललाई फकाएपछि पासा पल्टियो
प्रधानमन्त्री ओलीले एमालेका अर्का नेता माधव नेपाल र उनी पक्षधर नेतालाई फकाएपछि विपक्षी गठबन्धनलाई सकस परेको थियो। उनीहरु नेपाल पक्षका एमाले सांसदको राजीनामाको पर्खाइमा थिए। तर समयसीमासम्म राजीनामा नआएपछि उनीहरुले बहुमत दाबी गर्न सकेनन् । 
क्याप्टेन रामेश्वर थापाको घरमा ओली–नेपाल वार्ता भएको थियो। एमालेभित्रको विवाद मिल्ने चरणमा पुगेको छ। प्रधानमन्त्री ओलीले सिंहदरबारमा विभिन्न नेतासँग परामर्श गरेका छन् । 
सो क्रममा एमालेभित्रको असन्तुष्टि र विवाद मिलाउनका लागि कार्यदल गठनको सहमति भएको छ। कार्यदलमा ओली र नेपाल पक्षका नेता दुवैले छनौट गरी समस्या समाधानका लागि उपाय निकाल्ने सहमति बनिसकेको छ  ।