बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महामारीमा बढेको सेयरले ह्वात्तै बढायो बैंकको लगानी, मार्जिन प्रकृति कर्जा ८२.३ प्रतिशतले बृद्धि

शुक्रबार, बैशाख ३१ २०७८

काठमाडौं । महामारीका बिचमा बढेको सेयर बजारका कारण बैंकको लगानी अर्थात कर्जा प्रवाह ह्वात्तै बढेको छ । यो वर्षको ९ महिनामा मात्रै यस्तो कर्जा ८२ दशमलव ३ प्रतिशतले बढेको छ ।  अन्य क्षेत्र बिस्तारित हुन नसक्दा बैकहरुले यसैबाट आफ्नो कर्जा बढाएका छन् ।

 नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७.५ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २०.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२.४ प्रतिशतले बढेको छ । यसै अवधिमा  मार्जिन प्रकृति कर्जा ८२.३ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ४०.८ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३५.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.७ प्रतिशतले बढेको छ।

त्यसैगरि  यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २०.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १६.८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल आन्तरिक कर्जा १६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा यस्तो कर्जा २१.१ प्रतिशतले बढेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २३.१ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २२.६ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.० प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १०.२ प्रतिशतले बढेको छ ।

२०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

चैत मसान्तसम्म मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १२.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २१.७ प्रतिशतले बढेको छ ।