काठमाडौं । नेपाली बैकिङ क्षेत्रमा निकै नै कुुशल व्यवस्थापकीय क्षमता भएका प्रमुख कार्यकारी अधिकृत अर्थात सिईओ अशोक शमसेर जवरा त्यस्ता व्यक्ति हुुन जसले सबैभन्दा ठुुलो बैंकको प्रमुख कार्यकारी हुुने शौभाग्य भएकाछन । सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैकहरु मध्ये निकै नै सवल र बलियो बाँणिज्य बैककोरुमा स्थापित हिमालयन बैंक र नेपाल इन्भष्टमेन्ट बैंकले एक आपसमा मर्ज गरी हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाउँमा एकीकृत कारोवार सञ्चालन गर्ने सम्झौता गरेसंगै राणाले यस्तो शौभाग्य पाएका हुन ।
मर्जरको लागि यही बैशाख ३० गते बिहिबार नेपाल इन्भेष्टमेण्ट बैंककोतर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले मर्जर सम्वन्धी सम्झौतापत्रमा हताक्षर गरेका हुुन । यो सम्झौता संगै अब बन्ने हिमालयन एण्ड एण्ड इन्भेष्टमेन्ट बैंक नेपाली बैकिङ क्षेत्रमा सबैभन्दा ठुुलो बैैंक बन्ने छ, जुन बैकको व्यवस्थापकीय प्रमुखको जिम्वेवारी राणाले सम्हाल्नेछन भने हालको नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाँण्डे उक्त बैकमा डेपुुटी सिईओ रहनेछन ।
अहिले नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पू‘जी १६ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने हिमालयन बैंकको चुक्ता पू‘जी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुबै बैक मर्जभएपछि बैंकको चुक्ता पू‘जी २६ अर्ब ९४ करोड रुपैैयाँ पुग्ने छ, जुन चुक्ता पुंजी नेपाली बैकिङ क्षेत्र कै सबैभन्दा बढी हो । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड र हिमालयन बैंकको सात अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको एक खर्ब ६० अर्ब ९८ अर्ब करोड र हिमालयन बैंकको एक खर्ब २७ अर्ब करोड रुपैयाँ रहेको छ । सोही आधारमा एकीकृत कारोवार पश्चात बन्ने बैंकको कुुल कर्जा तीन खर्ब रुपैयाँको हाराहारीमा पुग्ने छ । निक्षेपतर्फ भने नेपाल इन्भेष्टमेण्ट बैंकको एक खर्ब ६८ अर्ब २९ करोड र हिमालयन बैंकको एक खर्ब ४३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात बन्ने बैकको निक्षेप भने तीन खर्ब रुपैयाँ भन्दा माथि पुग्ने छ । बैकको निक्षेप, कर्जा तथा चुक्ता पुंजी नेपाली बैकिङ क्षेत्रमा सबैभन्दा बढी हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक तथा हिमालयन बैंक दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेकाछन् । बैंकहरु एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।
मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने र संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट तीन तीन जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा सात जनाको संचालक समिति हुनेछ ।
दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंककोरुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुनेविश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षहरुले जानकारी गराएका थिए । उनिहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गरेकाछन ।