आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अन्ततः ओली नेपालबीच सहमति सांसदले राजीनामा नदिने,यस्तो भयो सहमति !

बिहिबार, बैशाख ३० २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच सहमति भएको छ । माधव नेपाल समूहले राजीनामा दिने केहि दिनलाई टरेको छ ।

आज बुढानिलकण्ठमा भएको वार्तामा अध्यक्ष ओलीले माधव नेपाललाई राजीनामाको निर्णयबाट पछि हट्न भनेपछि एउटा कार्यदल गठन गर्ने सहमति भएको हो ।

वार्ता पश्चात पत्रकारसंग बोल्दै नेता नेपालले भने, “अहिलेलाई राजीनामाको कुरा टरेको छ अब कार्यदल बन्छ । २-४ दिनलाई राजीनामा टरेको छ । फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रक्रिया बारे कार्यदल बनाएर छलफल गर्ने कुरा भएको छ । “