आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ओलीले कारवाही फुकुवा गरेर अपनाए लचकता, के अब नेपालले जोगाउलान एमाले ?

बिहिबार, बैशाख ३० २०७८

काठमाडौं । सत्तारुढ नेकपा एमाले पार्टीको आन्तरिक विवाद समाधान गरेर एकतावद्ध गर्ने अन्तिम प्रयासमा जुटिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२)अनुसार बहुमतको सरकार बनाउनका लागि दाबी पेस गर्न दिएको समय सकिनै लाग्दा एमाले आन्तरिक विवाद समाधानमा लागेको हो । 

नेकपा एमालेको ओली र नेपाल समूह दुवै आन्तरिक छलफलमा जुटेको हो । काम चलाउ सरकारका प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहका नेता माधवकुमार नेपाललाई टेलिफोनसमेत गरेका थिए । 

अहिले दुवै समूहका नेताहरु औपचारिक तथा अनौपचारिक रुपमा छलफलमा जुटिरहेका छन् ।

नेपाल समूहको माग सम्बोधन गर्ने विषयमा बिहीबार बिहान बसेको एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

गत चैत १६ र १९ गते बसेको एमालेको बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यबाट ६महिनाका लागि निलम्बन गरेको थियो ।

शुक्रबार बसेको आज बसेको स्थायी कमिटी बैठकले उनीहरुमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष ओलीले राखेको कारवाही फुकुवाको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो ।