काठमाडौं । आज बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुबै बढेको छ । नेप्से आज १० दसमलव १३ अंकले बढेर २६ सय ८४ दसमलव एक अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव १२ अंकले बढेर चार सय ७९ दसमलव ५० अंकमा बढेको छ ।
दुई सय १८ वटा कम्पनीहरुको ८६ हजार दुई सय ९६ पटकको कारोवारमा दुई करोड १९ लाख ५५ हजार नौ सय ४५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब १२ करोड ६८ लाख ८५ हजार दुुई सय ८० रुपैयाँ पुगेको छ ।
बजार बढ्दा पनि रिडी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । त्यसैगरी, राष्ट्रिय बीमा कम्पनी,छ्याङ्दी हाइड्रोपावर, सिभिल लघुवित्त, युनाइटेड मोदी हाइड्रोपावर, महिला लघुवित्त, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रोमोटर सेयर, गुँरास लघुवित्त माउन्टेन हाइड्रो नेपाल, नेरुड़े लघुवित्त विकास बैंकका लगानीकर्ताले पनि सर्वाधिक गुमाएका छन् ।