शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल लाईफ इन्स्योरेन्सले नौ महिनामा कमायो ५० करोड ६६ लाख रुपैयाँ खुद मुनाफा 

बिहिबार, बैशाख ३० २०७८

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक बर्षको पछिल्लो नौ महिना अर्थात तेस्रो त्रैमासिक अवधिमा ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ४६ करोड ७५ लाख ७६ हजार तीन सय ४१ रुपैयाँ खुद मुनाफा कमाएको थियो । 
चुक्ता पुंजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार छ सय ६१ रुपैयाँ रहेको कम्पनीको चालुु आवको तेस्रो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी नौ रुपैयाँ ३८ पैसा रहेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ भने यस अवधिमा एक सय २३ रुपैयाँ ९२ पैसा रहेको छ ।