पछिल्लो केहि दिनयता दोस्रो बजारमा बोटलर्स नेपाल (तराई) कम्पनीको सेयरमा लगानीकर्ता झुमिएका छन् ।
केहि दिन अघिदेखि निरन्तर उकालो लागेको बोटलर्स नेपालको सेयर मूल्य मंगलबार र बुधबार सकारात्मक सर्किट लागेको थियो भने आज विहिबार पनि बजार खुलेको केही समय भित्र पोजेटिम सर्किट लागेको छ ।
मंगलबार सेयर मूल्य ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ मूल्य पुग्दा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट थियो भनेबुधबार प्रतिकित्ता १ हजार ६ रुपैयाँले बढेर ११ हजार ७१ रुपैयाँमा पुगेको थियो । त्यस्तै आज विहिबार पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बृद्धि भएर १२ हजार १७८ रुपैया प्रतिकित्ता पुगेको छ ।