शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा सामान्य बृद्धि

बुधबार, बैशाख २९ २०७८

काठमाडौं ।  नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुुधबार शुन्य दसमलव ५६ अंकले बढेर २६ सय ७३ दसमलव ८८ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव १४ अंकले बढेर चार सय ७८ दसमलव ३८ अंकमा चढेको छ । दुुई सय १५ वटा कम्पनीहरुको ६२ हजार नौ सय ७२ पटकको कारोवारमा एक करोड ४८ लाख ५४ हजार चार सय २२ कित्ता सेयर किनबेच हुुंदा आज सेयर कारोवार रकम पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार आठ सय एक रुपैयाँ पुुगेको छ ।  
आज १३ वटा समुहको कारोवार हुंदा आज छ वटा समुहले गुमाएकाछन भने सात वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ४२ अंकले घटेर १७ सय ८१ दसमलव ७७ अंकमा झरेकोमा टेडिङ, लघुबित्त, जीवन बीमा, होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने तीन दसमलव ८१ अंकले बढेर २८ सय ३६ दसमलव ७६ अंकमा चढेकोमा जलबिद्युुत, निर्जिवन बीमा, फाईनान्स, उत्पादनमुलक, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो नारायणी डेभपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।