शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पोर्चुगिज प्रिमिरा लिगः १९ वर्षपछि स्पोर्टिङ लिस्बनलाई उपाधि

बुधबार, बैशाख २९ २०७८

एजेन्सी । स्पोर्टिङ लिस्बनले पोर्चुगिज प्रिमिरा लिगाको उपाधि जितेको छ ।

मंगलबार राति भएको खेलमा बोआभिस्टामाथि १-० को जित निकालेसँगै लिस्बनले उपाधि जितेको हो ।

लिस्बनलाई जित दिलाउन डियास फर्नान्डेसले निर्णायक गोल गरे ।

यससँगै लिस्बनले १९ वर्षपछि लिगको उपाधि जित्न सफल भएको छ ।

पछिल्लो पटक लिस्बनले सन् २००२ मा उपाधि जितेको थियो ।

E1IwoatWQAMAJdR.jpg

प्रिमिरा लिगामा पछिल्लो समय बेन्फिका र पोर्टोको अधिपत्य रहदै आएको थियो ।

तर, यस सिजन उत्कृष्ट खेलिरहेको लिस्बनले अपराजित रहदै उपाधि जितेको हो ।

यस सिजन पराजित रहेको लिस्बनले मात्र १५ गोल खाएको छ ।

लिस्बन दोस्रो स्थानको पोर्टो भन्दा ८ अंकले अघि रहेको छ ।

यस सिजन प्रिमिरा लिगामा दुई खेल खेल्न बाँकी रहेको छ ।