आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

किन उपेन्द्र यादव सुटुक्क पुगे देउवा–दाहाल बैठकमा ?

मंगलबार, बैशाख २८ २०७८

काठमाडौँ – केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनबारे विपक्षी दलका नेताहरु संवादमा जुटेका छन्।

मंगलबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ।

बूढानिलकण्ठस्थित देउवा निवासमा तीन नेताहरुबीच छलफल भएको हो। देउवा र दाहालबीच संवाद भइरहँदा बिचमै यादव पनि मिसिएको श्रोतले जनाएको छ।