शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

६ लाख कित्ता बोनस शेयर सूचीकृत, मंगलवारदेखि कारोबार हुने

सोमबार, बैशाख २७ २०७८

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्राइम कमर्सियल बैंकको १५ प्रतिशत, गणपति लघुवित्तको १५ प्रतिशत र सहारा विकास बैंकको २३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

 प्राइम कमर्सियल बैंकले उक्त बोनस शेयर वापतको २ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता, गणपति लघुवित्तले १ लाख ६६ हजार ११७ दशमलव ५० कित्ता र सहारा विकास बैंकले १ लाख ६७ हजार ८८८ दशमलव ०४ कित्ता शेयर सूचीकृत गराएका हुन । मंगलवारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।