बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा उच्च अंकले बृद्धि

सोमबार, बैशाख २७ २०७८

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार २७ दसमलव ४१ अंकले बढेर २६ सय ४५ दमसालव ८४ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ३५ अंकले बढेर चार सय ७५ दसमलव १२ अंकमा पुगेको छ । दुुई सय १८ वटा कम्पनीहरुको ५१ हजार दुई सय ३५ पटकको कारोवारमा ७५ लाख ७९ हजार तीन कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम चार अर्ब २० करोड ३८ लाख ३२ हजार सात सय ८९ रुपैयाँ पुगेको छ । 
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुदै सबै सुचक बढेर नेप्से पुरै  हरियो भएको छ । आज बाँँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६१ अंकले बढेर १७ सय ८१ दसमलव ८१ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि १५ दसमलव ९८ अंकले बढेर २५ सय ८९ दसमलव ८२ अंकमा चढेको छ । बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।