काठमाडौं । नेपाल राष्ट्र बैंकले बैशाख २७ गते सोमबार पुन आठ अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार बैशाख २८ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । कल टे«जरी मध्येमा ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब आठ करोड रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
जसमध्ये २८ दिने अवधिको परिपक्व हुने २०७८ साउन २६ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ कात्र्तिक २३ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ साल बैशाख २७ गते तोकिएको छ । यसअघि यही बैशाख २० गते पनि राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।