काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १८ दसमलव ५६ अंकले घटेर २६ सय १८ दसमलव ५६ अंकमा झरेकोमा सेन्सिटिभ पनि दुुई दसमलव ३१ अंकले घटेर चार सय ७० दसमलव ७३ अंकमा झरेको छ । आज २१ वटा कम्पनीहरुको ७५ हजार ४६ पटकको कारोवारमा एक करोड २७ लाख २८ हजार एक सय २५ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुल कारोवार रकम छ अर्ब १४ करोड ८९ लाख ६६ हजार सात सय ७२ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव २८ अंकले घटेर १७ सय ७८ दसमलव ४३ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि ३४ दसमलव पाँच अंकले घटेर २५ सय ७३ दसमलव ८३ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समता लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महिला लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनसीसी बैंक परेको छ ।