बुधबार शेयर बजारमा झिनो अंकले करेक्सन भएको छ । यस दिन बजार ५.०९ अंकको गिरावट सँगै २६४९.६० मा पुगी रोकिएको छ । जम्मा २१८ वटा कम्पनीको ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३.०४ बराबरको शेयर कारोबार भएको बजारमा १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयरको खरिदबिक्री भयो ।
१३ उपसूचक मध्ये ४ वटा उपसूचकमा हरियो भएको छ भने अन्य समूहमा करेक्सन देखिएको छ । आज हाइड्रोपावरमा लगानीकर्ताको विशेष आकर्षण देखिएको छ । त्यसैगरी फाइनान्स, ट्रेडिङ र निर्जीवन बीमा उपसमूहमा हरियाली छाएको छ । १६ वटा कम्पनीको सर्किट लेभलमा मूल्य वृद्धि भएको छ । ती मध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी रहेका छन् ।