काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ जेठ दुई गतेदेखि २०७९ जेठ दुई गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
यसरी राखिने कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि १६ करोड, बिकास बैंकहरुको लागि तीन करोड र फाईनान्स कम्पनीहरुको लागि एक करोड रुपैयाँ रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख २६ गते अपरान्ह चार बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र व्याज समेत तोकेर आवेदन दिनुपर्ने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

