शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्राईम लाईफको नाफा बढ्यो, कोभिड १९ को महामारीको अवधिमा पनि कमायो, २२ करोड ८६ लाख 

बुधबार, बैशाख २२ २०७८

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा बढेको छ । कम्पनीले बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामाहारीको अवधिमा पनि खुद मुनाफा बढाउन सफल भएको छ । कम्पनीले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १८ करोड ३० लाख ९३ हजार रुपैयाँ रहेको थियो । 
हाल चुक्ता पुंजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३१ रुपैयाँ ९८ पैसा रहेको छ ।