बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एक दसमलव ९४ अंकले बढ्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

मंगलबार, बैशाख २१ २०७८

काठमाडौं । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने सामान्य अंकले बढेको छ । नेप्से आज  एक दसमलव ९४ अंकले बढेर २६ सय ५४ दसमलव ६९ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३२ अंंकले बढेर चार सय ७५ दसमलव ४४ अंकमा चढेको छ । आज दुई सय १३ वटा कम्पनीहरुको ६८ हजार तीन सय १९ पटकको कारोवारमा एक करोड ३० लाख १५ हजार एक सय ८३ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम छ अर्ब पाँच करोड २२ लाख ३६ हजार आठ सय ११ रुपैयाँ पुगेको छ । 
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा छ वटा समुहले कमाएकाछन भने सात वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ६४ अंकले घटेर एक हजार सात सय ७६ दसमलव ६० अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक पनि ११ दसमलव २४ अंकले घटेर दुई हजार आठ सय १९ दसमलव ६१ अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन । जलबिद्युत समुहको सुचक भने आज ३० दसमलव ९२ अंकले बढेर २६ सय १२ दसमलव एक अंकमा पुग्दा टेडिङ, लघुबित्त, उत्पादनमुुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन ।  
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समता लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक परेको छ ।