साताको तेस्रो कारोबार दिन सात ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । यो दिन सबैभन्दा बढी समता लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९, राधी विद्युत् कम्पनीको ९ दशमलव ९० प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९ दशमलव ८२ प्रतिशत,युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत र रुरु जलविद्युत् परियोजनाको ९ दशमलव ६४ प्रतिशतका दरले वृद्धि भएको हो । ती सात ओटै कम्पनीको शेयर मूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ६०५, महिला लघुवित्तको रू. ४ हजार १५८,बिशाल बजार कम्पनीको रू. ६ हजार ७८४ पुगेको छ । त्यसैगरी राधी विद्युत् कम्पनीको रू. ५७७,सिंगटी हाइड्रोको रू. ४८१, युनाइटेड मोदी हाइड्रोको रू. २४८ र रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य प्रतिकित्ता रू. ४२१ पुगेको हो । यस्तै मंगलवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २ हजार ६५५ दशमलव शून्य २ विन्दुमा पुगेको छ । शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको बजारमा २११ ओटा कम्पनीकोे रू. ३ अर्ब ७४ करोड ८ लाख १८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त र समता घरेलु लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनी, राधी विद्युत् कम्पनी, सिंगटी हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर र रु रु जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।