बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

मंगलबार, बैशाख २१ २०७८

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज (वैशाख २१, गते) सम्म रहेको छ ।

कम्पनीले वैशाख १७ गते शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरिरहेको छ ।

आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।

उक्त आईपीओ सर्वसाधारणमा निष्काशन गर्न बिक्री प्रबन्धकको काम  सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

आईपीओमा लगानीकर्ताहरूकाे लर्काे

कम्पनीको  आईपीओमा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ । साेमबार साँझ ४ः४५ बजेसम्ममा १४ लाख ९४ हजार ७ सय ७० जना आवेदकले २ करोड २९ लाख ९४ हजार ६ सय कित्ताका लागि आवेदन दिएका सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे २३ लाख ४१ हजार ९ सय ५४  कित्ता भन्दा ९.८२ गुणा बढी आवेदन हो ।