शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एकै दिन १२ अंकले घट्यो नेप्से, लघुबित्त र लगानी बाहेक सबै समुहले गुमाए

सोमबार, बैशाख २० २०७८

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार १२ दसमलव ३५ अंकले घटेर २६ सय ५२ दसमलव ७५ अंकमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ६९ अंंकले घटेर चार सय ७५ दसमलव १२ अंकमा झरेको छ । आज दुई सय १६ वटा कम्पनीहरुको ८८ हजार चार सय ८३ पटकको कारोवारमा एक करोड ५९ लाख आठ हजार चार सय ९९ कित्ता किनबेच भएकाछन भने कुल कारोवार रकम सात अर्ब ५२ करोड ९९ लाख ९० हजार एक सय ४६ रुपैयाँ पुगेको छ ।  
आज १३ वटा समुहको कारोवार हुंदा लघुबित्त र लगानी समुहको सुचकहरु बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ७८ अंकले घटेर १७ सय ८४ दसमलव २४ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि ३२ दसमलव नौ अंकले घटेर २५ सय ८१ दसमलव नौ अंकमा झरेको छ । यसैगरी बिककास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन । 
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज अपी पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।