शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो रु रु जलविद्युतको कारोबार ?

सोमबार, बैशाख २० २०७८

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) रु रु जलविद्युत परियोजना लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता ३५६ रूपैयाँमा भएकाे छ । कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

आइतबार कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । कम्पनीकाे आइपिओलाई सेयर काराेबार गर्नका RURU संकेत प्रदान गरिएको छ ।