एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १९ गते आइतबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ १० गते, सोमबारकम्पनीको प्रधान कार्यालय, हात्तीसार काठमाडौंमा भिडियो कन्फरेन्सको माध्यमबाट दिउँसो २ बजे सुरु हुनेछ ।
सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ८ प्रतिशतले आउने बोनस सेयर र ४६ लाख १४ हजार ४४२ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७६र७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गरिनेछ । त्यसैगरी, लेखापरीक्षण परतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण तथा सो संबन्धित अनुसूचीहरुका साथै सेयर पूँजीमा भएको प्रतिवेदनमाथि छलफाल गारी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
