बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भोलि दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्दे राष्ट्र बैंक

आइतबार, बैशाख १९ २०७८

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
बैशाख २१ गते जारी मिती तोकिएको ट्रेजरी खरिदका लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ साउन १९ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७९ बैशाख २० गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । यही बैशाख १३ गते पनि राष्ट्र बैंकले आठ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।  

photo.JPG