शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल सुपर लिग (एनएसएल): पोखरा र ललितपुर भिड्दै

आइतबार, बैशाख १९ २०७८

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा र ललितपुरबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रने पोखरा पनि दोस्रो जितको खोजीमा रहेको छ ।

पोखरा ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

पोखरा पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २-० ले पराजित भएको थियो ।

तर, दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० ले हराएको थियो ।

तेस्रो खेलमा पोखराले काठमाडौंसँग गोलरहित बराबरी खेलेको थियो ।

अन्जन विष्टको कप्तानीमा मैदान उत्रने ललितपुर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

ललितपुर ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

पहिलो खेलमा ललितपुर काठमाडौंसँग १-० ले पराजित भएको थियो ।

दोस्रो खेलमा चितवनसँग १-१ को बराबरी खेलेको ललितपुरले तेस्रो खेलमा धनगढीसँग १-१ कै बराबरी खेलेको थियो ।