शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जर्मन कपको फाइनलमा डर्टमण्ड

आइतबार, बैशाख १९ २०७८

एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको दोस्रो सेमिफाइनलमा होल्सटेइन केइललाई ५-० गोल अन्तरले पराजित गर्दै डर्टमण्ड उपाधि नजिक पुगेको हो ।

अब उपाधिका लागि डर्टमण्डले आरबी लाइपजिगसँग खेल्नेछ ।

वेर्डेर ब्रेमेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै लाइपजिग फाइनल पुगिसकेको छ ।

3.JPG

घरेलु मैदानमा खेलको १६ औं मिनेटमा जियोभानी रेनाको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो ।

खेलको २३ औं मिनेटमा जियोभानीले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनायो ।

खेलको २६ औं मिनेटमा मार्को रिउले गोल गर्दा डर्टमण्डको अग्रता तेब्बर बन्यो ।

३२ औं मिनेटमा थोर्गन हाजार्डले गोल गरेपछि डर्टमण्डले ४-० को अग्रता बनायो ।

त्यसपछि खेलको ४१ औं मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै डर्टमण्डलाई ५-० को सानदार जित दिलाए ।

2.JPG