बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लुम्बिनी प्रदेशमा ‘पिक्चर अभि बाँकी है’

आइतबार, बैशाख १९ २०७८

जसपाले आफ्ना चार जना सांसदलाई कारबाही गरेपछि अब विपक्षी कसैले पनि मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध बहुमत जुटाउन नसक्ने देखिएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चार जना जसपाका सांसदलाई कारबाही गरेर पद गएपछि अहिले त्यो निर्णय जसपाका उपेन्द्र यादव समूह र विपक्षी दलहरुलाई ब्याक फायर भएको बताइन्छ । यद्यपि उपेन्द्रनिकट ओली सरकारका पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइनले भने मुख्यमन्त्रीसङ्ग अब बहुमत नरहेको र वैकल्पिक सरकारको निम्ति आफूहरु तयारी अवस्थामा रहेकोे बताएका छन् ।

जसपाको निर्णयपछि लुम्बिनी प्रदेश सभामा एमालेको एकल बहुमत हुने स्थिति छ । अब सबैभन्दा ठूलो दलको नाताले एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ सरकार नबनुञ्जेल यहि सरकार केयर टेकरको हैसियतमा रहनेछ । अर्कोतर्फ नयाँ सरकार बनाउन प्रदेश प्रमुखले केही समय दिनेछन् ।

लुम्बिनीमा विपक्षीहरुले एउटा झिनो सम्भावनाको रुपमा कर्णाली प्रदेशको अवस्थालाई औंल्याएका छन् । जसपाका सांसदलाई कारबाहीपछि प्रदेश सभामा कायम रहन आएका ८१ सांसदमध्ये ४१ जनाचाँहि एमालेका हुन् । त्यो भनेको स्पष्ट बहुमत हो । विश्वासको मत लिने बेला एमाले वरिष्ठ नेता माधव नेपाल निकट सांसद दुई जनाले फ्लोर क्रस गरे भने मात्र सरकार संकटमा पर्ने हो । तर,त्यो सम्भावना अहिलेको अवस्थामा देखिँदैन ।

यता जसपाका नेता मोहम्मद इस्तियाक राइनले ‘शंकर पोखरेलसँग एकल बहुुमत छैन । अर्को दाबी बहुमतसहित जाँदै’ भनेर सामाजिक सञ्जालमा संकेत गरेका छन् । उनले लेखेका छन् ‘पिक्चर अभी बाँकी है ।’ नयाँ जुक्ति निकालेपछि लुम्बिनीमा एमालेको एकल बहुमत भएको छ । तर विपक्षीले जस्तो जुक्ति लगाए पनि केन्द्रमा समेत अर्को सरकार बन्नसक्ने अवस्था नै देखिँदैन ।

जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो समूहले किन यसरी सपोर्ट गरेका छन् भन्नेमा सबै अचम्भित छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनीहरुबीचको सहमति तथा सम्झौताबारे कसैलाई केही संकेत समेत मिलेको छैन । जबकि उनीहरु पार्टी फुटाउने मूल्यमा समेत सरकारलाई समर्थन गर्न अघि बढिरहेका छन् । जन आश्था साप्ताहिकमा खबर छ l