बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सीईबीबी हाइड्रोको आईपीओमा ५ घण्टामै पर्यो २ गुणाबढीको आवेदन

शनिबार, बैशाख १८ २०७८

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको निश्कासन गरेको आईपीओमा आवेदन खुल्ला भएको ५ घण्टामै माग भन्दा २ गुणा बढीको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलको अनुसार दिउँसो ३ बजेसम्म ५२ लाख ९७ हजार ६०८ कित्ता सेयरका लागि आवेदन परेको हो । यो मागभन्दा २ गुणा बढी हो । आईपीओ खुलेको पहिलो दिनमै ३ लाख १७ हजार ४४७ जनाले ५२ करोड ९७ लाख ६० हजार ८ सय रुपैयाँ बराबरको सेयरका लागि आवेदन गरेका हुन् ।

कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। 
लगानीकर्ताहरुले उक्त आईपीओमा निष्काशन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।