शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत, कुन कम्पनीको कति ?

शनिबार, बैशाख १८ २०७८

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको शेयर सूचीकृत भएको छ । यो साता नेप्सेमा सिंगटी हाइड्रो इनर्जी, मल्टीपर्पस फाइनान्स, समता लघुवित्त वित्तिय संस्था र गुडविल फाइनान्सको शेयर सूचीकृत भएको हो । 

कुन कम्पीको कति ? 

सिंगटी हाइड्रो इनर्जी 
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) मंगलबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेका अनुसार उक्त कम्पनीको एक करोड ४५ लाख कित्ता आईपीओ सूचिकृत भएको हो ।  

मल्टीपर्पस फाइनान्स
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार मल्टीपर्पस फाइनान्स कम्पनीको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । 

समता लघुवित्त वित्तिय संस्था
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार समता लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार उक्त कम्पनीको २० प्रतिशत बोनस बापत ३ लाख ८२ हजार २३३ दशमलब ६० कित्ता शेयर सूचीकृत भएको हो ।  

गुडविल फाइनान्स
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गुडविल फाइनान्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार उक्त कम्पनीको ८.५ प्रतिशत बोनस बापत ६ लाख २२ हजार कित्ता शेयर सूचीकृत भएको हो ।