काठमाडौ, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबिच मर्जरको लागि नाममा सहमती भएको छ । मर्जर कमिटीको आज शुक्रबार बसेको बैठकले ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ नाम रहनेगरी सहमति मर्जरको लागि सहमती जुटाएको हो ।
यसअघि मर्जरको लागि बिभिन्न चरणमा छलफल भएपनि हिमालयन बैंकले मर्जपछिको नाममा इन्भेष्टमेन्ट जोड्न नखोजेपछि सहमति जुट्न नसकेको थियो । तर आज बसेको बैठकमा भने उक्त सहमती जुटेको छ, हिमालयन बैंक श्रोतले भनेको छ । यसरी नाम राख्दा दुबैको नाम समेटिने र दुबैको इतिहाँस बाँकी रहन्छ, बैंक श्रोतले भनेको छ ।
श्रोतका अनुसार हालका हिमालयन बैंकका सिइओ अशोक शमशेर राणाले थप दुई वर्षको कार्यकाल सम्हाल्ने र त्यसपछिको जिम्मा हालका इन्भेष्टमेन्ट बैंक सिइओ ज्योति प्रकाश पाण्डेले सम्हाल्ने सहमती जुटेको छ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितीको अध्यक्ष पदमा भने हालका नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे रहने सहमती भएको छ । मर्जरको लागि दुबै बैंकबिच बराबरीको स्वाप् रेसियो कायम हुनेमा पनि सहमती जुटेको छ । यो सहमतीलाई अबको केही दिनमा बैठक बसेर निर्ण सार्वजनिक गरिने पनि बैंक श्रोतले जानकारी दिएको छ ।
अहिले हिमालयनको कुल कर्जा प्रवाह एक खर्ब २७ अर्ब तथा इन्भेष्टमेन्टको एक खर्ब ६० रुपैयाँ रहेको छ । मर्जपछि बैंकको कुल कर्जा प्रवाह दुई खर्ब ९० अर्ब रुपैयाँ पुग्ने छ । यसैगरी चालु आवको चैत मसान्तसम्म इन्भेष्टमेन्टले कुल दुई अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने हिमालयनले एक अर्ब २८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । मर्जर पछि बन्ने बैंकको नाफा झण्डै चार अर्ब रुपैयाँ पुग्ने छ ।