काठमाडौ, यो साता सेयर कारोवार रकम गत साताको तुलनामा घटेको छ । नेप्से यो साता पाँच दिन खुल्ला रहेको भएपनि दुई दिन मात्र नेप्से बढेर बाँकी दिन नेप्से घटेका कारण पनि कारोवार रकममा कमी आएको हो । सोही आधारमा यो साता नेप्से २६ सय ११ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ पनि चार सय ६९ दसमलव दुई अंकमा पुगेको छ । दुई सय २० वटा कम्पनीहरुको तीन लाख ५१ हजार तीन सय २२ पटकको कारोवारमा पाँच करोड ६५ लाख ८८ हजार दुई सय ९४कित्ता सेयर किनबेच हुंदा यो साता कुल कारोवार रकम २७ अर्ब ३३ करोड १६ लाख७०हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ ।
गत साता भने नेप्सेमा दुई सय १६ वटा कम्पनीहरुको तीन लाख ७४ हजार पाँच सय ३१ पटकको कारोवारमा सात करोड २९ लाख १८ हजार नौ सय ६६ कित्ता सेयर किनबेच भएकाथिएभने कुल कारोवार रकम ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार एक सय ७० रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन खुल्ला रहेकोमा पहिलो, दोस्रो र चौथो दिन घटेको थियो भने तेस्रो र पाँचौं दिन सामान्य अंकले बढेको थियो ।
सोही आधारमा यो साता पहिलो दिन नेप्से ७५ दसमलव ७९ अंकले घटेर २५ सय ७२ दसमलव २२ अंकमा पुग्दा सेन्सिटिभ पनि १२ दसमलव ५६ अंकले घटेर चार सय ६४ दसमलव पाँच अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से ६५ दसमलव ५८ अंकले घटेर २६ सय छ दसमलव ६१ अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दसमलव २५ अंकले घटेर चार सय ५२ दसमलव ७९ अंकमा पुुगेको थियो । तेस्रो दिन भने नेप्से ९२ दसमलव ४६ अंकले बढेर दुुई हजार पाँच सय ९९ दसमलव सात अंकमा चढ्दा सेन्सिटिभ पनि १४ दसमलव ४८ अंकले बढेर चार सय ६७ दसमलव २८ अंकमा चढेको थियो ।
चौथो दिन भने नेप्से १३ दसमलव ७९ अंकले घटेर दुुई हजार पाँच सय ८५ दसमलव ३८ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दसमलव १६ अंकले घटेर चार सय ६५ दसमलव ११ अंकमा पुुगेको थियो । पाँचौं दिन भने नेप्से २५ दसमलव ८२ अंकले बढेर दुुई हजार छ सय ११ अंकमा चढ्दा सेन्सिटिभ पनि तीन दसमलव ९१ अंकले बढेर चार सय ६९ दसमलव दुुई अंकमा चढेको थियो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल बंगलादेश बैंक आदिको यो साता बढी रकम कारोवार भएकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेशनल हाईड्रो पावर कम्पनी अगाडि परेकाछन । बजार पुंजीकरणका आधारमा आधारमा भने यो सातापनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, आदि परेकाछन ।
दैनिक सेयर कारोवार तालिका
दिन कम्पनी संख्या कारोवार संख्या कित्ता कारोवार रकम
पहिलो दिन २१५ १०४०४० १४६९०७२० ७२८४१९४९०१
दोस्रो दिन २२० ८६०९२ १२९११७२१ ६५९०९२८२०२
तेस्रो दिन २१६ ६३५५८ १०२०२२१९ ५१०९०९६९५७
चौथो दिन २१५ ४६९५९ ८९६५५८८ ३९९०४३१२३६
पाँचौं दिन २१७ ५०६७३ ९८१८०४६ ४३५७०१९२४९