बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निष्काशन बन्द अगाबै बिक्री भयो एनआईबिएल समृद्धि फण्ड दोस्रो

बिहिबार, बैशाख १६ २०७८

काठमाडौ, बैशाख १६ एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धिफण्ड दोस्रो को इकाईहरु तेस्रो दिनमा नै बिक्री भईसकेको कम्पनीले जानकारी दिएको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार एक सय दुुई आवेदकहरुबाट एक सय १२ दसमलव ३० प्रतिशत इकाइका लागि आवेदन परेको छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब दुई करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम एक सय देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने बैशाख १६ गते आज अन्तिम दिन रहेको कम्पनीले जानकारी दिएको छ ।