शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

निषेधाज्ञामा बैंकमा के के सुविधा पाइन्छ ? 

बिहिबार, बैशाख १६ २०७८

काठमाडौं, । निषेधाज्ञाका बिचमा पनि बैंक तथा वित्त सस्था भने खुला हुन लागेका छन् । यस्तो बेलामा बैंकहरुले सकभर ग्राहकलाई घरबाटै कारोबार गर्न आग्रह गरेका छन् । तर बैंकसम्म आएभने सबैखालका सुविधा दिने बैंकर्स संघ बताउँछ ।

बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालका अनुसार बैंकसम्म आउने सबैलाई सबै खालका सुविधा दिइनेछ । अर्थात यो बेलामा पनि ऋण तथा निक्षेपका काम सहजै हुनेछन् । तर  ऋण लिने जस्ता काम गरेर भिडभाड नगरे हुन्थ्यो भन्ने बैंकरहरुको आशय छ । 
दाहालले भने ‘ हामीले यसअघि दिदै आएका कुनै पनि सेवा रोक्दैनौ, तर सकभर घरबाट नै कारोबार गर्न आग्रह गरेका छौ, दैनिक खर्च बाहेक अन्य खालका ऋणका लागि त ग्राहकहरु नै यस्तो बेलामा बैकमा आउनुहुन्छ भन्ने हामीलाइ लागेको छैन । ’

दिनमा चार घन्टा मात्रै सेवा

राजधानी उपत्यकासहित निषेधाज्ञा लागेका जिल्लास्थित बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने बैंकुर्स संघले जनाएको छ । 
बुधबार राष्ट्र बैंक र बैंकरबीच बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म शाखा खोल्ने सहमति भएको छ। केही दिन हेरेपछि संक्रमणको अवस्था र ग्राहकको भिँडलाई आधार मानेर आवश्यक निर्णय लिइने बैकरहरु बताउँछन् । बैंकका सबै एटीएम सञ्चालन हुने  र शाखा पनि सबै खुल्ने दाहाल बताउँछन् ।