बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नबिल बैंकको तेस्रो त्रैमासिक नाफा तीन अर्ब ६७ करोड 

बुधबार, बैशाख १५ २०७८

काठमाडौं ।  नबिल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँ रहेको छ । 
हाल चुक्ता पुंजी १३ अर्ब ४८ करोड एक लाख ५९ हजार रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब आठ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८६ अर्ब १९ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब नौ करोड ६९ लाख ६२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ४८ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव २० प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने तीन अर्ब ८० करोड २४ लाख ९५ हजार रुपैयाँ रहेको छ । 
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ९० अर्ब ८० करोड ६४ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब पाँच करोड ४० लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ३७ करोड पाँच लाख १२ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ६३ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ३४ प्रतिसत रहेको थियो ।