काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ५१ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३३ करोड ९९ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५५ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब २७ करोड २४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३६० करोड ९० लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ९७ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिभमा तीन दसमालव ३७ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने दुई अर्ब २७ करोड ५७ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६६ करोड तीन लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २९ करोड ५७ लाख ७७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ४८ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ८८ प्रतिसत रहेको थियो ।