बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा आयो उछाल, एकै दिन ९२ अंकले बढ्यो नेप्से

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं । नेप्सेमा उछाल आएको छ । अघिल्लो दुई दिन उच्च अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार ९२ दसमलव ४६ अंकले बढेर २५ सय ९९ दसमलव सात अंकमा पुग्दा सेन्सिटिभ १४ दसमलव ४८ अंकले बढेर चार सय ६७ दसमलव २८ अंंकमा चढेको छ । आज दुई सय १६ वटा कम्पनीहरुको ६५ हजार पाँच सय ५८ पटकको कारोवारमा एक करोड दुई लाख दुुई हजार दुई सय १९ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम पाँच अर्ब १० करोड ९० लाख ९६ हजार नौ सय ५७ रुपैयाँ पुगेको छ । 
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४५ दसमलव १३ अंकले बढेर १७ सय ८० दसमलव ६९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ५३ दसमलव आठ अंकले बढेर २५ सय १४ दसमलव दुई अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर  कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ ।