बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हिमालयन बैंकले नौ महिनामा कमायो एक अर्ब २८ करोड रुपैयाँ खुद मुनाफा 

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं ।  हिमालयन बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २८ करोड ७१ लाख ५७ हजार चार सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब ३१ करोड ७१ लाख १३ हजार नौ सय ९९ रुपैयाँ रहेको थियो । 
हाल चुक्त पुंजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३२ अर्ब २४ करोड नौ लाख ७७ हजार चार सय नौ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २१ अर्ब ५६ करोड ५८ लाख दुुई हजार आठ सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७१ करोड नौ लाख ७१ हजार पाँच सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ८१ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव ३५ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा ८४ करोड ७६ लाख ६६ हजार ९१ रुपैयाँ रहेको थियो । 
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २५ अर्ब २६ करोड ४३ लाख ८१ हजार छ सय ९० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ७२ करोड ८४ लाख ६७ हजार एक सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८४ करोड २४ लाख ६४ हजार चार सय ५६ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ११ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव चार प्रतिसत रहेको थियो ।