आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल बंगलादेश बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब ६३ करोड

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं ।  नेपाल बंगलादेश बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६३ कारेड ८४ लाख नौ हजार छ सय ८३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५० लाख १० हजार दुई सय १२ रुपैयाँ रहेको छ । 
हाल चुक्ता पुंजी नौ अर्ब ४८ लाख २१ हजार एक सय ९५ रुपैयाँ रहेको बैकले चालु आवको तेस्रो त्रैमासिह अवधिमा ७३ अर्ब २९ करोड १० लाख ५६ हजार नौ सय २३ रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब २७ करोड १८ लाख आठ हजार छ सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९८ करोड ३५ लाख ९७ हजार चार सय ६४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंक्मा एक दसमलव ९१ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दसमलव १५ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ९८ करोड ३२ लाख २९ हजार दुुई सय ७९ रुपैयाँ रहेको छ । 
गत आवको सोही अवधिमा भने बैंकले ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार चार सय २३ रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब १० करोड ८५ लाख ३७ हजार नौ सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब १४ करोड १० लाख ५३ हजार दुई सय २० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ७६ प्र्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ८८ प्रतिसत रहेको थियो ।