बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निक्षेप संकलन गर्ने बैंकहरुको नयाँ रणनीति, खर्च कम गर्न बचतको ब्याजमा प्राथमिकता

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं । बाणिज्य बैकहरुले  निक्षेप संकलन गर्ने नयाँ रणनीति अपनाएका छन् । कम खर्चमै निक्षेप तान्नका लािग उनिहरुले बचतको ब्याज बढाएका छन् ।

साधारण बचतमा कम ब्याज हुन्छ ।  जसमा कम ब्याजदर हुँदा बैंकको खर्च पन िकम हुन्छ । जसका कारणले बैंकहरुले पछिल्लो समय बचतको ब्याज बढाएका छन् ।

पुषको तुलनामा बैशाखमा १२ वटा बैंकहरुले बचतको ब्याजदर बढाएका छन् । यता मुद्दति निक्षेपको ब्याज भने ९ वटा बैंकहरुले बढाएको देखिन्छ । बैंकहरुले बचतको ब्याज बढाएका कारण निक्षेप पनि राम्रो संकलन हुन अपेक्षा गर्न सकिन्छ ।

फागुन मसान्तसम्मको आकडा केलाउने हो भने  बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.० प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.९ प्रतिशतले बढेको छ ।

२०७७ फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, ३४.४ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३१.४ प्रतिशत र ५०.० प्रतिशत रहेको थियो ।

२०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.१ प्रतिशत रहेको छ । २०७६ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल आन्तरिक कर्जा १२.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा यस्तो कर्जा २१.९ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ ।

२०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७६ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.३ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५.२ प्रतिशतले बढेको छ ।