बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज पनि ६५ अंकले घट्यो नेप्से

सोमबार, बैशाख १३ २०७८

काठमाडौं ।  अघिल्लो दिन ७५ अंकले घटेको नेप्से आज सोमबार पनि ६५ दसमलव ५८ अंकले घटेर २५ सय छ दसमलव ६१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि ११ दसमलव २५ अंकले घटेर चार सय ५२ दसमलव ७९ अंकमा झरेको छ । आज दुई सय २४० वटा कम्पनीहरुको ८६ हजार ९२ पटकको कारोवारमा एक करोड २९ लाख ११ हजार सात सय २१ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम छ अर्ब ५९ करोड नौ लाख २८ हजार दुई सय दुई रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुदा १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव ७३ अंकले घटेर १७ सय ३५ दसमलव ५७ अंकमा झरेको छ भने जलबिद्युत समुहको सुचक पनि ९९ दसमलव ४४ अंकले घटेर २३ सय ६० दसमलव ९४ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि उच्च अंकले घटेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।