काठमाडौं । प्रभु बैकको खुद मुनाफामा उच्च बृुद्धि भएको छ । बैकले चालु आर्थिक बर्षको पछिल्लो नौ महिनााको अवधिमा दुई अर्ब १० करोड ९६ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफाा एक अर्ब ४६ करोड ४१ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ६३ अर्ब ७८ करोड १० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३४ अर्ब ३० करोड ३७ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ४८ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव ५० प्रतिसत स्प्रेड दर रहेको बैकको बितरणयोग्य नाफा भने एक अर्ब ५९ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २८ अर्ब ७४ करोड सात लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड ७७ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५९ करोड ७७ लाख ५८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ९५ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ३२ प्रतिसत रहेको थियो ।