आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

लक्ष्मी बैंकको एपिआई बैंकिङमा आधारित एल इन्टु बि कनेक्टमा साझेदारीको आव्हान

सोमबार, बैशाख १३ २०७८

काठमाडौं ।  लक्ष्मी बैकले एपिआई बैंकिङमा आधारित एल इन्टु बि कनेक्टमा साझेदारीको आह्वान गरेको छ । एपिआई बैंकिङमा माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एल इन्टु बि कनेक्ट नामक एपिआई डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ । यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्ट अप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् । एल इन्टु बि कनेक्ट स्याण्ड बक्स इन्भाइरोमेन्ट अन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपिआई सँग सम्बन्धित कार्यसँग एकिकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्नेछन । 
बैंकले खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी तीन वर्गको प्रयोग हुने गर एपिआईमा पहुंच प्रदान गर्ने छ । जसअनुसार खाता व्यवस्थापन अन्र्तगत खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने कार्य हुुने छ । वित्तीय व्यवस्था अन्र्तगत हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी,तलब भुक्तानी, सेटलमेन्ट आदी  सेवाहरु प्रवाह हुुने छ । भने गैर वित्तीय व्यवस्था अन्र्तगत विनिमय दर, शाखा तथा एटिएमहरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि कार्यहरु हुनेछन । 
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले हाल एक सय २९ शाखाहरु, पाँच वटा हस्पितल काउन्टर, एक सय ५८ एटिएम तथा २५ सय भन्दा बढी रेमिट्यान्स, ६१ शाखा सहित बैैंकिङ्ग, चार सय भन्दा बढी मोबाइल एजेन्ट मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।