बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले बैंक तथा फाईनान्सहरुमा २६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

सोमबार, बैशाख १३ २०७८

काठमाडौं ।  नेपाल राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुमा २६ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्ने भएको छ । पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०७८ जेठ दुई गतेदेखि २०७९ जेठ दुई गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख १५ गते अर्थात बुुधबार अपरान्ह चार बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर बोलकवोल पेस गर्नुपर्ने छ । रकम लगानीको लागि छुट्याईएको कुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि २० करोड ८० लाख, बिकास बैंकहरुको लागि तीन करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ३० लाख रुपैयाँ छुट्याईएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
प्रस्ताव पेस गर्ने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।  

rasta bank.JPG

rasta bank 1.JPG

rasta bank 2.JPG