आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आईएमई जनरल इन्स्योरेन्सको २३ औं बार्षिक साधारण सभा सम्पन्न

सोमबार, बैशाख १३ २०७८

काठमाडौं  ।  आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आईतबार बार्र्षिक साधारण सभा सम्पन्न गरेको हो । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड(१९ को दोश्रो लहरको कारणले गर्दा नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा सम्मेलन नगर्न सूचना जारी गरेको हुनाले हामीले विद्यमान प्रचलित जुमको माध्यामबाट कम्पनीको २३ औं साधारण सभा अनलाईन रुपमा संचालन गरेको हो । कम्पनीका अनुसार अध्यक्ष हेम राज ढकालले सभापतित्वमा बार्षिक साधारण सभा सम्पन्न गरिएको हो । 
सभामा अध्यक्ष ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको छ भन्दै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिएको बताए । हाल कूल बीमाको पहुंच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि क्रमश वृद्धि हुनेछ भन्ने विश्वास लिएको उनले बताए । पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई गराए । 

global1.JPG

कम्पनीको व्यावसायमा भएको विस्तार संगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पूंजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक  हुने हुनाले हालको चुक्ता पूंजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३ औं साधारण सभाबाट पारित भएको छ भने उल्लेखित पूंजी बृद्धि सम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी १ अरब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने व्यहोरा श्री ढकालले जानकारी गराए । 
सभामा अध्यक्ष ढकालले आदरणीय शेयरधनी महानुभावहरुले विगतका साधारण सभामा दिनुभएको अमूल्य सुझाबको मनन गरी कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरी स्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको र आजको सभाको निर्देशन वमोजिमनै निकट भविष्यमानै उक्त जग्गामा भबन निर्माणको कार्य अगाडी बढाईने व्यहोरा समेत जानकारी गराए । 
कम्पनीले २३औं साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेको छ । त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २३ औं बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहकहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । 
यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्नुभयो । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको र कम्पनीले क्रमश आफ्नो स्थान अग्रिणी गर्दै गएकोमा निकट भविष्यमानै ५ औं स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको पनि जानकारी गराए ।