आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रभु बैंकको शाखा नुवाकोटको बेलकोटगढीमा

शुक्रबार, बैशाख १० २०७८

काठमाडौं ।  प्रभु बैंक लिमिटेडले नुवाकोटको वेलकोटगढी पनि शाखा खोलेको छ । बैकका अनुसार बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित महादेवफाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको हो । 
बैंकको महादेवफाँट शाखा कार्यालयको उद्घाटन प्रमुख अतिथि वाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका थिए । उक्त कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि पाण्डेले बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताएछन ।