काठमाडौं । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बिहिबार भने बढेको छ । नेप्से आज १५ दसमलव आठ अंकले बढेर २६ सय ४८ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव २१ अंकले बढेर चार सय ७६ दसमलव ६० अंकमा चढेको छ । दुई सय १४ वटा कम्पनीहरुको ७५ हजार एक सय आठ पटकको कारोवारमा एक करोड ३० लाख ३२ हजार आठ सय २३ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहहरुको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव २२ अंकले बढेर १८ सय १८ दसमलव ९५ अंकमा पुग्दा बिकास बैंक जलबिद्युत समुहको सुचक पनि चार दसमलव ९८ अंकले बढेर २५ सय ७३ दसमलव १० अंकमा चढेको छ । बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनाीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल क्रेडिट एण्ड कर्मश बैंक परेको छ ।