बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फ्रेन्च कपः इकार्डीको ह्याट्रिकमा पीएसजी सेमिफाइनलमा

बिहिबार, बैशाख ९ २०७८

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा एन्जर्सलाई ५-० गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गरे ।

psg.JPG

यस्तै नेयमारले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको नवौं मिनेटमा इकार्डीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २३ औं मिनेटम एन्जर्सका भिन्सेन्टले आत्मघाती गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।

खेलको ६५ औं मिनेटमा नेयमारले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ र ९० औं मिनेटमा इकार्डीले गोल गर्दै ह्याट्रिक पूरा गर्दा पीएसजी ५-० ले विजयी भयो ।

psg1.JPG

psg2.JPG

psg3.JPG

psg6.JPG