बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिदेश पढ्न र कमाउन गएकाहरुलाई उल्टै देशबाट पठाउनु पर्याे १८ अर्ब ३१ करोड !

बिहिबार, बैशाख ९ २०७८

काठमाडौं । देशबाट अहिले बिदेशमा पढ्न जानेहरु अत्यन्त न्युन छन् । महामारीका कारण बिद्यार्थिले बाहिरको भिसा नै पाउन सकिरहेका छैनन् । तर यता यहि समयमा बिदेशमा शिक्षाका लागि बाहिरिने रकम भने १८ अर्ब ३१ करोड रुपैयाँ देखिएको छ ।

विदेशमा काम गर्दे पढ्न भनेर गएकाहरुको रोजगारी गुमेपछि नेपालबाट पैसा पठाउनु परेको थियो । जसका कारण  ठूलो रकम बाहिरिएको हो । अब झनै कोरोना महामारीको दोस्रो चरणको फैलिरहेकाले यो रकम अझै बढ्ने हो कि भन्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यो वर्षको फागुन मसान्तसम्म शिक्षातर्फको व्यय १८ अर्ब ३१ करोड रहेको छ । जबकी अघिल्लो वर्ष शिक्षातर्फको व्यय २३ अर्ब ९२ करोड रहेको थियो ।

खुद सेवा आय ३९ अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.४ अर्ब २२ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत फागुन मसान्तसम्म ९१.७ प्रतिशतले कमी आई .४ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय .५३ अर्ब ३६ करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत फागुनमसान्तसम्म भ्रमण व्यय ५४.० प्रतिशतले कमी आई .२२ अर्ब ६२ करोड कायम भएको छ ।

महामारीका कारण नेपालीहरु बिदेश घुम्न जाने र विदेशी पर्यटक नेपाल आउने ठप्प जस्तै भएको छ । यसरी नेपालीहरु विदेश घुम्न जान नपाउँदा  २० अर्ब ९१ करोड रकम नेपालमै रोकिएको छ ।

कोरोना महामारीका कारण बाह्य देशमा घुम्न जाने लगभग ठप्प जस्तै भयो भन्दा फरक पर्दैन । जसले गर्दा मुलुकको सोधनान्तर स्थिती यतिबेला ६८ अर्बले बचतमा छ । किनभने नेपालीहरु बिदेश घुम्न जाँदा बाहिरिने ठूलो रकम नेपालमै रहेको छ ।

नेपालीहरु बिदेश घुम्न जानेमा त कमि आएको छ नै यता बिदेशीहरु नेपाल घुम्न आउनेमा पनि कमि आएको छ । जसका कारण विदेशी पर्यटक बापत आउने ठुलो रकममा पनि कमि आएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको फागुन मसान्तसम्म पर्यटक आएबापत  ५३ अर्ब ३५ करोड आम्दानी भएको थियो । जुन आम्दानी यो वर्षको सोहि अवधिमा ४ अर्ब ४५ करोडमा सिमित भएको छ । जुन गत वर्षको तुलनामा ९१ दशमलव सात प्रतिशतले कमि हो ।

 गत वर्षको चैत मसान्तसम्म भ्रमणका लागि मात्रै २५ अर्ब २१ करोड बाहिरिएको थियो । तर, गत वर्षकै चैत देखि सुरु  भएको कोरोना महामारीका कारण नेपालीहरु घुम्न जाने र तालिममा जाने कमि ह्वात्तै कमि आएको छ । जसका कारण यो वर्षको चैत मसान्तसम्म  ४ अर्ब ३० करोड मात्रै बाहिरिएको छ ।

यसरी हेर्दा गत वर्षको तुलनामा अहिले भ्रमणका लागि हुने यस्तो खर्चमा झन्डै ८३ प्रतिशतले कमि आएको  छ भने २० अर्ब ९१ करोड रकम नेपालमै रहेको छ ।